मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित

ज्ञानमाण्डू। विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम IFC तथा SME Finance Forum द्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inculsion(GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको बैंकले जानकारी दिएको छ । 

सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी रहेको बैंकले थप उल्लेख गरेको छ । 

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्याएको योगदानको कदर गर्दै यस बैंक "SME Financier of the Year-Asia" विधामा सम्मानित भएको बिन्क्ले उल्लेक गरेको छ । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको जनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको विषय यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x