देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (६ महिनाको तथ्याङ्कमा आधारित)

balance of payment nepal
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ ।
  • आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ ।
  • वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १,६३,५१७ ले वृद्धि भएको छ।
  • शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा छ ।
  • कुल ग्राहस्थ उत्पादन (GDP) गत वर्ष २.१ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आ.व. को पुषसम्ममा ४ प्रतिशतले सकारात्मक वृद्धि भएको छ।
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.५०६ अर्ब ७० करोड र राजस्व परिचालन रु.५४२ अर्ब ५ करोड छ ।
  • विस्तृत मुद्रा प्रदाय २.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १४.३ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ३.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दाबी १२.० प्रतिशतले
  • बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २७.४ प्रतिशत छ ।
  • मर्जर तथा एक्वीजीसनले बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२९ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,२१५ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x