प्रभु बैंककाे फोन लोन (Fone Loan) सुविधा सञ्चालनमा



ज्ञानमाण्डू। प्रभु बैंक लि. ले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन (Fone
Loan) सुविधा आज देखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. का ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयर (Prabhu Mobile Banking Application) को माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने बैंकले जनाएकाे छ । 

यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको बैंकले जनाएकाे छ । यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयर बाट फोनलोनको लागि अनुरोध गर्न सक्ने छन् । फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा (Fone Loan Limit) निर्धारण हुने बैंकले जनाएकाे छ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ र यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुने छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x