रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरू मध्य सर्वाधिक नाफा कमाउन सफल, कसकाे कति ?

new life insurance companies of nepal
ज्ञानमाण्डू। १० नयाँ जीवन बीमा कम्पनीहरू मध्य रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क हेर्दा रिलायबलले २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नयाँ जीवन बीमा कम्पनीहरू मध्य नाफाकै आधारमा १४ करोड ५७ लाख खुद नाफा कमाउँदै दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्सले रहेको छ। 
 

त्यस्तै नेप्सेमा कारोबार हुने प्रभु लाइफ इन्स्योरेन्सले १३ करोड ७८ लाख खुद नाफा गर्दा नेप्सेमा कारोबार हुने अर्को कम्पनी ज्योति लाइफ इन्स्योरेन्सफे १२ करोड ७ लाख खुद नाफा गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले १० करोड, सन नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ५५ लाख, सानिमा लाइफ इन्स्योरेन्सले ९ करोड ३६ लाख, युनियन लाइफ इन्स्योरेन्सले ८ करोड २५ लाख, महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ करोड ६८ लाख र रिलायन्स लाइफ इन्स्योरेन्सले ६ करोड ५८ लाख खुद नाफा कमाउन सफल भएका छन् ।

(Note: Profit of Life Insurance Company Changes after Actuary.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x