त्रिविद्वारा हिउँदे बिदा कटौती


काठमाडौँ,
त्रिभूवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषदले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।

त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले कोभिड–१९ का कारण पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।

कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा. दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।

त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उनले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए ।

यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ । ‘उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेका छौँ’, उनले भने, ‘सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिने छ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।’

यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन भएका हुन् ।

त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उनले चैत्रभित्र सबै परीक्षा सञ्चालन गर्ने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x