असोजमा ७६ अर्ब अधिकले शोधनान्तर स्थिती नोक्सानीमा


ज्ञानमाण्डू। आर्थिक क्रियाकलाप चलायमान भएतापनि बढ्दो वस्तु व्यापार घाटा र घट्दो विप्रेषण आप्रवाह र विदेशी मुद्रा संचितिले चालु आर्थिक वर्षको असोजमा ७६ अर्ब रुपैयाँले शोधनान्तर स्थिती नकारात्मक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार २०७८ साल गत असोजमा शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात श्रावणमा मात्रै मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिती) ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको द्रोस्रो महिनामा आइपुग्दा शोधनान्तर घाटा पुन वृद्धि हुँदै ८३ अर्ब ४१ करोड रुपैयाँ नोक्सानीमा रहेको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो । 

त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोज अन्त्यमा मुलुकको शोधनान्तर स्थिती रु.७६ अर्ब १४ करोड नकारात्मक रहेको केन्द्रिय बैंकले प्रकाशन गरेको तथ्यांकले जनाएको छ। यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७५.३ प्रतिशतको गिरावट हो। गत आ.व.को सोहि अवधिमा शोधनान्तर स्थिती १०१ अर्ब ९ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको तथ्यांकले जनाएको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७५.६ प्रतिशतको गिरावट हो।

समिक्षा अवधिमा चालु खाता १५१ अर्ब ७० करोडले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता रु.३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोहि अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता चालु आ.व.को तेस्रो महिनाको अन्त्यसम्म आइपुग्दा १ अर्ब २७ करोडले घाटामा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु.१ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ९२ करोड रहेको थियो ।

स्रोत: नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x