सूर्याेदय वाेमी लघुवित्तकाे नाफा १३ कराेड ९६ लाख

Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १६ कराेड ५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १३ कराेड ९६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७९ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सूर्याेदय वाेमी लघुवित्तले १० अर्ब ७३ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सूर्याेदय वाेमी लघुवित्तले ५ अर्ब ७० करोड ६० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५५ करोड ८७ लाख रुपैयाँ रहेको छ।

सूर्याेदय वाेमी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४५.६७ प्रतिशतले बढेर ४६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.४६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९२८ काे आधारमा मूल्य आम्दानी अनुपात ५२.६४ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x