लक्ष्मी बैंकको नाफा १ अर्ब ४८ करोड

ज्ञानमाण्डू। लक्ष्मी बैंकको नाफा ६.६२ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले १ अर्ब ५९ करोड ७४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

 

९ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले १ खर्ब ८६ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ४३ करोड ९८ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ५४ करोड ४३ लाख २६ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६० कराेड ८१ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.६५ प्रतिशतले
बढेर ३ अर्ब ४१ करोड २० लाख ५ हजार रुपैयाँ पुगेकाे छ ।
 
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ६२ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा छ र मूल्य आम्दानी अनुपात १३.८१ गुणा छ ।

Laxmi Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x