धितोपत्र बजारमा १३.०४ अंकको वृद्धि, नेप्से परिसूचक २७८२.१७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ०४ अंकले बढेर २७८२ दशमलव १७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४२ अंकले बढेर ५२० दशमलव ९९ को विन्दुमा पुगेको छ ।

आज कूल २२२ कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर रु ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । विकास बैंक उपसमूह ५० दशमलव ५७ अङ्कले बढ्दा जलविद्युत ६५ दशमलव ४४ अङ्कले, वित्त उपसमूह १३.४२ अङ्कले, निर्जीवन बीमा ३.२३ अङ्कले, अन्य उपसमूह ४७.७३ अङ्कले, लघुवित्त उपसमूह १३०.४२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव ९५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ९ दशमलव ६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३८.०४ अङ्कले, उत्पादन उपसमूह ५१.४७ अङ्कले, जीवन बीमा ८७.६८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ११ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x