गएको २४ घन्टामा करिब नौ लाख परीक्षण गरियो : भारतीय स्वास्थ्य मन्त्रालय

ज्ञानमाण्डू।भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।मन्त्रालयले भनेको छ– हामीले भारतभरमा गरेर गएको २४ घन्टामा कम्तीमा पनि ८ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी हो ।

सो संख्या पहिलेको तुलनामा बढाइएको पनि बताइएको छ । आफ्नो ट्वीट अकाउन्टमार्फत मन्त्रालयले सो जानकारी गराएको बताइएको ।यसअघि हप्ताभरिको तुलना गर्दा बढीमा ८ लाख ८१ ह्जार जना औषतमा दैनिक रुपमा परीक्षण गर्ने गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ । 

यसरी बढीभन्दा बढी संख्यामा गरिएका परीक्षणहरुले यहाँका नागरिकहरुमा कोरोना भाइरससम्बन्धी पोजेटिभ केसहरु समयमै भेटिने र जसका कारण उनीहरुलाई समयमै आइसोलेसनमा बसाल्न सकिने मन्त्रालयको दाबी छ । 

यसरी गरिएको परीक्षणबाट कोरोना भाइरसका संक्रमितहरु समयमै पत्ता लाग्ने भएकोले देशमा कारोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने मन्त्रालयले बताएको छ ।

भारतको केन्द्रीय सरकारले बढीभन्दा बढीको परीक्षण, समयमै संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र आवश्यक औषधीय प्रक्रियालाई समयमै सुरु गर्ने गरी रणनीति बनाएको मन्त्रालयको दाबी छ । 

केन्द्र सरकारको यो रणनीतिले गर्दा नै भारतमा सङ्क्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या घटाउने काममा प्रगति पनि भएको सो मन्त्रालयले जनाएको समाचारमा उल्लेख गरिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x