ग्लोबल आइएमई बैंक लि. नेपाल शैक्षिक परामर्श संघ (ECAN)को आधिकारिक (Official) बैंक

ज्ञानमाण्डू। नेपाल शैक्षिक परामर्श संघ (ECAN)को मिति २०७५ पौष ३० गते सोमबार आफ्नो १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष श्री विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् । 

नेपाल शैक्षिक परामर्श संघ (भ्ऋब्ल्) नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंक लि.ले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।                                         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x