लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कुल बीमा शुल्क आर्जन ४ अर्ब २० करोड

ज्ञानमाण्डू। लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ३६ लाख खुद नाफा कमाएको छ जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ८८ लाख नाफा कमाएको थियो । 

२ अर्ब १ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कुल बीमा शुल्क आर्जन ४४ प्रतिशतले वृद्धि भएर २ अर्ब ९० करोड ७१ लाख ३८ हजार रुपैयाँबाट ४ अर्ब २० करोड ८ लाख ११ हजार रुपैयाँ पुगेकाे छ ।

कम्पनीको बीमा कोष २६ प्रतिशतले वृद्धि भएर ५७ अर्ब ८० करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ कराेड २२ लाख २२ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ४४ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या ७ लाख २४ हजारबाट बढाएर ७ लाख ४५ हजार पुर्याएको छ भने कम्पनीकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x