सुनको मूल्यमा सामान्य गिरावट

ज्ञानमाण्डू।पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला रु ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रति तोला रु एक हजारले सुनको मूल्य घटेको थियो । 

आज छापावाला सुनको मूल्य प्रति तोला रु ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रति तोला रु ७४ हजार ३०० पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रति तोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रति तोला रु ७५ हजार २०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा रु १५ ले घटेर चाँदीको मूल्य प्रति तोला रु ८८५ पुगेको छ। 

नेपालको इतिहासमा बुधवार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घले बुधवार छापावाल सुनको मूल्य प्रति तोला रु ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रति तोला रु ७६ हजार २०० निर्धारण गरेको थियो । 

सामान्य उतारचढावका बिच कारोबार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बिचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ । 

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x