पृथ्वीको उपग्रह चन्द्रमाका रोचक तथा अनौठा तथ्यहरू


ज्ञानमाण्डू। चन्द्रमाको मानव संस्कृति तथा इतिहाससँग शताब्दीयौँ देखि गहिरो सम्बन्ध रहँदै आएको छ। हाम्रो पुराणमा चन्द्रमालाई विशेष दर्जा दिइएको छ भने महिलाहरूले आफ्नो पतिको लामो आयुका निमित्त चन्द्रमा प्रति आस्था राख्दै पूजा तथा प्रार्थना गर्ने गरेका छन् । हामीले बाल्यकाल देखि देख्दै आएको चन्द्रमाका बारेमा विभिन्न कहानीहरू त पक्कै सुनेका छौ नै तर पृथ्वीको उपग्रह (चन्द्रमा) का बारेमा भने हामीले धेरै कुरा आज सम्म पनि नसुनेका हुन सक्छौ, आउनुहोस् आज चन्द्रमाका आश्चर्यजनक केही तथ्यबारे चर्चा गरौँ।

  1. वास्तवमा चन्द्रमाको अस्तित्व पृथ्वीमा मानवको उत्पत्ति भन्दा धेरै पहिले देखि नै थियो।
  2. रातिमा चन्द्रमा आकाशमा चम्केको सबैले देखेका छौ तर तपाईँलाई थाहा छ? यसको आफ्नो कुनै प्रकाश छैन र यो सूर्यको प्रकाशबाट चम्किने गर्दछ।
  3. यो पृथ्वीको एउटा मात्रै प्राकृतिक उपग्रह हो यसको उत्पत्ति करिब ४.५ अर्ब साल पहिले भएको थियो। त्यति बेला अहिलेको मङ्गल ग्रहको आकारको एक वस्तु र हाम्रो पृथ्वीबिच भीषण टकराब भएको थियो, त्यस पश्चात् निस्केका विभिन्न धूलो र चट्टानका कणहरूबाट बिस्तारै पृथ्वी को कक्षमा परिक्रमा गर्दै चन्द्रमाको उत्पत्ति भएको हो।
  4. चन्द्रमाको आकार हामीले देखे जस्तो गोलाकार नभई अण्डाकार आकारको छ।
  5. हाम्रो घर आँगनबाट यति सुन्दर देखिने चन्द्रमाको तापक्रम दीन अनि रातिमा धेरै तलमाथि हुन्छ। दिनमा यसको तापक्रम १८०°c सम्म हुन्छ भने रातिमा यो तापक्रम धेरै तल झरेर करिब -१५३°c हुन्छ।
  6. चन्द्रमाले हाम्रो ग्रहको परिक्रमा गर्दछ भन्ने सबैलाई थाहा होला तर तपाईँलाई थाहा नहुन सक्छ यसले ३७०० किलोमिटर प्रति घण्टाको दरले हाम्रो पृथ्वीको परिक्रमा गर्दछ।
  7. आफ्नो कुनै प्रकाश नभई सूर्यको प्रकाशलाई परावर्तन गर्दा त्यहाँबाट हाम्रो पृथ्वीसम्म प्रकाश आउन १.३ सेकेन्ड लाग्दछ।
  8. करिब २७ दिनमा यसले पृथ्वीको एक परिक्रमा पूरा गर्दछ।
  9. यदि अचानक चन्द्रमा भएन भने हाम्रो धर्तीमा एक दिन ६ घण्टाको हुनेछ।
  10. हामीले हेर्दा सूर्य अनि चन्द्रमा करिब एकै आकारका देखिन्छन्। अचम्म लाग्ला चन्द्रमा सूर्य भन्दा ४०० गुणा सानो छ तर दुरीको हिसाबले सूर्य भन्दा करिब ४०० गुणा नजिक छ यही कारणले हामीले हाम्रो पृथ्वीबाट हेर्दा दुवैको आकार समान लाग्दछ।
  11. तपाईँले कहिल्यै अनुमान गर्नू भएको छ कि चन्द्रमाको तौल कति होला? यसको भार करिब ८१ अर्ब टन छ, र त्यसको क्षेत्रफल करिब अफ्रिका महादेश जत्रो छ। र यसको आकार हाम्रो पृथ्वीको आकारको करिब २७% मात्रै छ।
  12. चन्द्रमामा धेरै मात्रामा उल्का पिण्डहरू खस्ने गर्दछन्। तपाईँलाई अचम्म लाग्ला यही मात्रामा हाम्रो धर्तीमा पनि उल्का पिण्ड खस्ने गर्दछन्। तर हाम्रो धर्तीको बलियो गुरुत्वाकर्षण बल र वायुमण्डलको कारणले आकाशमै नष्ट हुन्छन्। तर चन्द्रमामा कुनै वातावरण छैन र यसको गुरुत्व बल पनि पृथ्वीको तुलनामा ६ गुणा कम भएको कारणले सबै जसो उल्का पिण्ड यसको सतहसम्म आई पुग्छन्।
  13. सूर्योदय तथा सूर्यास्तको समयमा चन्द्रमाको सतहमा धूलो को ठुलो बादल उत्पन्न हुन्छ, यसको कारण के हो भनेर अहिले सम्म वैज्ञानिक अनभिज्ञ छन्।
  14. पूर्णिमा को दीन देखिने पूर्ण चन्द्रमा अरू बेला देखिने आधा चन्द्रमा भन्दा ९ गुणा बढी चम्किलो हुने गर्दछ।
  15. चन्द्रमा हामीबाट बिस्तारै टाढा हुँदै गइरहेको छ। तर यसको मात्रा यति थोरै छ की हामीलाई थाहा हुँदैन। एक वर्षमा करिब ३.७८ सेन्टिमिटर को दरले यो हामीबाट टाढा हुँदै छ। अबको सयौँ अर्ब वर्ष पछि हामीले यसलाई देख्न सक्ने छैनौ।
  16. आज सम्म हामीले चन्द्रमाको करिब ६०% भाग मात्रै देखेको छौ। किनभने पृथ्वीबाट चन्द्रमाको त्यति भाग मात्रै देखिन्छ।
  17. समुन्द्रमा पानीको ज्वारभाटा आउने गर्दछन्। यो चन्द्रमाको गुरुत्वाकर्षणको कारणले हुन्छ। किनकि चन्द्रमाको बलले यहाँको पानीलाई आफ्नो तर्फ तान्ने गर्दछ तर यसमा त्यति शक्ति छैन कि समुन्द्रको पानीलाई धेरै माथि तान्न सकोस् अनि पानी फेरी आफ्नो अवस्थामा आउँछ अनि फलस्वरूप समुन्द्रमा ज्वारभाटा आउने गर्दछन्।
  18. हाम्रो पृथ्वीको सबै भन्दा अग्लो हिमाल सगरमाथा भए जस्तै चन्द्रमाको अग्लो पहाड Mons Huygens हो यसको उचाइ करिब ४७०० मिटर छ।
  19. घनत्वको हिसाबले यो दोस्रो सबै भन्दा घनत्व भएको उपग्रह हो पहिलो नम्बरमा बृहस्पति ग्रहको उपग्रह IO पर्दछ।
  20. वायुमण्डल नभएको कारणले यहाँको आकाश हाम्रो जस्तो नीलो नभएर कालो हुन्छ, किनकि सूर्यको प्रकाश सीधा सतहमा आउँछ र कुनै वस्तु सँग ठोकिँदैन। तर हाम्रो ग्रहको वायुमण्डलमा यो प्रकाश चारै तिर छरिन्छ।
  21. हाम्रो पृथ्वीमा भूकम्प आए जस्तै चन्द्रमामा पनि Moonquakes आउने गर्दछ यसको कारण हाम्रो पृथ्वीको बलियो गुरुत्वाकर्षण बल हो। अचम्मको कुरा के छ भने हाम्रो ग्रहमा भूकम्प केही मिनेट सम्म मात्र जारी रहन्छ भने Moonquakes करिब ३० मिनेट सम्म चल्दछन्।
  22. चन्द्रमाको फोटोमा तपाईँ पक्कै धेरै खाल्डाखुल्डी ( Craters) देख्नु भएको छ यी सबै यहाँ खस्ने उल्का पिण्ड को कारणले बनेका हुन्। यिनी Craters को नाम विभिन्न वैज्ञानिक खोजकर्ता वा कलाकारको नामबाट राख्ने गरिन्छ।
  23. चन्द्रमाको पहिलो नक्सा ब्रिटिस खगोल शास्त्री Thomas Harriot ले बनाएका थिए।
  24. Neil Armstrong चन्द्रमामा पाइला टेक्ने पहिलो मानव थिए भन्ने सायद सबैलाई थाहा होला तर उनी सँग Wright दाजुभाइले बनाएको जहाजको एउटा सानो टुक्रा पनि थियो।
  25. चन्द्रमामा पुग्ने दोस्रो मानव तथा पिसाब गर्ने पहिलो व्यक्ति Buzz Adrian थिए। १९७२ मा Apollo १७ मिसन बाट त्यहाँ जाने अन्तिम मानव Gene Cernan थिए, र आजसम्म जम्मा १२ जनाले चन्द्रमामा कदम राखेका छन्।
  26. तपाई हामीले अहिले प्रयोग गर्ने स्मार्टफोनहरू Apollo ११ यानलाई नियन्त्रण गर्न प्रयोग गरिएको कम्प्युटर भन्दा दुई गुणा बढी शक्तिशाली हुन्छन्।
  27. चन्द्रमामा १९ एमबिपिएस को इन्टरनेट सुविधा अमेरिका द्वारा उपलब्ध गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x