विभिन्न वित्तीय सूचकमा उल्लेखनीय वृद्धि गर्न सफल सिटिजन्स बैंकको लाभांश दिन सक्ने क्षमता कति?

ज्ञानमाण्डू। सिटिजन्स बैङ्क इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १९ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ५९ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ५७ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैङ्क इन्टरनेशनलले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ६८ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ५७ कराेड रुपैयाँ रहेकाे छ अर्थात सिटिजन्स बैङ्क इन्टरनेशनलले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १२.५५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे छ भने जगेडम काष र संचित मुनाफामा रहेकाे २२ कराेड ७५ लाख रूपैयाँ वितरण याेग्य मुनाफाबाट १.८० प्रतिशत लाभांश दिन सक्छ, अर्थात बैंकले (१२.५५+१.८०) १४.३५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात २.७७ प्रतिशत र प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४२० काे आधारमा मूल्य आम्दानी अनुपात २७.३० गुणा रहेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x