चन्द्रमामा भीषण परमाणु विस्फोट गराउने त्यो गोप्य योजना


ज्ञानमाण्डू। तत्कालीन सोभियत सङ्घ र अमेरिका बिचको शीतयुद्ध को समय सकिएको पनि दशकौँ भएको छ। त्यति बेला सोभियत सङ्घ र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण थियो। एक अर्का भन्दा विकसित अनि समृद्ध देखिनको लागि कुनै पनि किसिमको कदम उठाउन दुवै देश तयार हुने गर्दथे। आज हामी त्यही शीतयुद्ध को बेलाको अमेरिकाको यस्तो योजनाको बारेमा कुरा गर्नेछौँ जून तपाईँलाई अचम्म मात्रै होइन विश्वास नै नलाग्न पनि सक्छ।

हालै प्रकाशित पुस्तक Secrets From The Black Vault मा यसको सबै भित्री कुराको खुलासा गरिएको छ। आफूलाई सोभियत सङ्घ भन्दा सबल देखाउन अमेरिकाले १९५९ मा चन्द्रमामा भीषण परमाणु विस्फोट गराउनु को साथै त्यहाँ आफ्नो सैन्य अड्डा पनि बनाउने योजनामा काम सुरु गरेको थियो। १९५९ मा अमेरिकी सेनाका अनुसन्धान तथा विकास प्रमुख लेफ्टिनेन्ट आर्थर जी ले यदि अमेरिकाले सोभियत सङ्घ लाई हराउन चाहन्छ भने उसले चन्द्रमामा स्थायी बेस बनाउनु पर्ने माग गरेका थिए र त्यसले देशको प्रतिष्ठा बढाउनेमा पनि उनको विश्वास थियो। त्यति बेलाको रिपोर्ट अनुसार १२ जनाको एउटा चौकी चन्द्रमामा स्थापना गर्ने र त्यसलाई सञ्चालन गर्न एक वर्षमा करिब ६ अर्ब डलरको खर्च आउने पनि अनुमान लगाइएको थियो। आजको हिसाबमा त्यो खर्च करिब ५३ अर्ब डलर हुन आउँछ।

चन्द्रमामा परमाणु विस्फोट अनि सेनाको बेस तयार गर्ने गरी सुरु गरिएको यो गोप्य मिसनको नाम प्रोजेक्ट A-119 थियो। यो योजनामा काम गर्नको लागी अमेरिकाले मेक्सिकोस्थित किर्टल्याण्ड एयर फोर्स बेसलाई चुनेको थियो। यो योजना तहत अमेरिकाले चन्द्रमाको टर्मिनेटर मा विस्फोटको तयारी गरेको थियो। टर्मिनेटर भन्नाले चन्द्रमाको सूर्यको प्रकाश पर्ने र अँध्यारो हुने भागको ठिक बिचको भाग हो। यो विस्फोटको पृथ्वी बाट नाङ्गो आँखाले सजिलै देखिने बनाउनको लागि विस्फोटमा भारी मात्रामा सोडियम प्रयोग गर्ने योजना थियो।

यस योजनामा काम गर्ने विभिन्न वैज्ञानिक तथा खगोल शास्त्रीको मनमा "यदि कुनै प्राविधिक कारणवश परमाणु बम पृथ्वी मै खसेमा यसले हिरोसिमा र नागासाकी भन्दा ठुलो विनाश ल्याउने छ र त्यसको लागी विश्वले अमेरिकालाई कहिल्यै माफी गर्ने छैन वा यो परियोजना लाई अमेरिकी जनताले मन नपराएर आलोचनाको सिकार हुनु पो पर्ने हो कि" भन्ने शङ्काहरू उत्पन्न हुन लाग्यो र पछि त्यो योजनालाई रद्द गरेको कुरा Secrets From The Black Vault नामक पुस्तकमा उल्लेखित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x