तीर्थालुको देवघाटमा घुइँचो

ज्ञानमाण्डू।पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलवार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठुलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको छ । उनका अनुसार देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी रहेको छ । मेलालाई व्यवस्थित गरिएकाले तीर्थालु भक्तजनले सहज रूपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले जानकारी दिए । 
देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउने देवघाटसम्म नै सवारीसाधनमा आई पुगेका छन् । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ । 

भविष्य पुराण, विष्णु वचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिधा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ ।

देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशनमा:

देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले यहाँ रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ । 
देवघाटका महत्त्वपूर्ण ठाउँहरूको प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए । “देवघाट नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात रहेको ठाउँ हो, देवघाटमा वार्षिक रूपमा लाखौँ भक्तजन आउने गरेका छन्,” उनले भने , “एउटै पुस्तक मार्फत यहाँका ठाउँहरूको बारेमा जानकारी दिन पुस्तिका प्रकाशन गरेका हौ ।” 

देवघाटको चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्न्यास आश्रम, हरिहर सन्न्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बा लगायतका पर्यटकीय गन्तव्यलाई पुस्तिकाभित्र समावेश गरिएको छ । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मङ्गलवार विमोचन गर्नुहुँदै देवघाट धामको ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व भएकोले कालीगण्डकी नदी डाइभर्सन गर्न नदिइने बताए । कालीगण्डकी नदीकै कारण देवघाट र गण्डकी प्रदेशको अस्तित्व रहेको हुनाले यसको संरक्षणमा गण्डकी प्रदेश सरकार लाग्ने उनले जानकारी दिए ।

देवघाट क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल चिनाउनको लागि तनहुँ र चितवन जोड्ने त्रिशूली नदीको पुलको मूलमा चिनारी बोर्ड स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देवघाट घुम्न आउने पर्यटकलाई देवघाटधाम क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिलाउन मुख्य स्थानहरूमा देवघाट क्षेत्र विकास समितिले बोर्ड स्थापना गरेको हो । देवघाट घुम्न आउने पर्यटकहरूलाई जानकारी गराउने उद्देश्य सहित मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा नाम र नक्सा सहितको बोर्ड स्थापना गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x