सबैभन्दा महँगो गितार

गितार एक लोकप्रिय वाध्यन्त्र हो र यो एक fretted सङ्गीत वाध्यन्त्रकाे रूपमा पनि चिनिन्छ जसमा सामान्यतया ६ वटा स्ट्रिंगहरू हुन्छन्। लिलामी मार्फत बेचिएको सबैभन्दा महँगो गितार कर्ट कोबेनले नोभेम्बर १९९३ "MTV Unplugged" कार्यक्रममा Martin 1959 D-18E नामक प्रयोग गरेको गितार हो।
 
उनले प्रयोग गरेका त्यो गितार आफैँमा एक दुर्लभ र असामान्य वाध्यन्त्र हो। सन् १९५९ मा उत्पादित ३०२ गितारहरू मध्ये यो सातौँ गितार हो भन्ने मान्यता रहेको छ र यसलाई भारी रूपमा परिमार्जन गरिएको थियो। यो गितार जुन २०२० मा कर्टकी छोरी फ्रान्सिसका पूर्व पतिले लिलामीका लागि उपलब्ध गराएका थिए।
 
 
यो गितार सन् २०२० जुन २० गते अमेरिकाको लस एन्जलसमा अस्ट्रेलियाली व्यापारी पिटर फ्रीडम्यानले ६.०१ मिलियन डलरमा खरिद गरेका थिए। पिटर फ्रीडम्यान RØDE माइक्रोफोनका संस्थापकले ६.०१ मिलियन डलरको विजेता बोली राखी, अहिलेसम्मकै सबैभन्दा महँगो गितार बिक्रीको नयाँ विश्व कीर्तिमान कायम गरेको थियाे।
 
यस भन्दा अघि सबैभन्दा महँगो गितारकाे रेकर्ड डेभिड गिलमोरको ब्ल्याक स्ट्रयाट (३.९ मिलियन डलर) ले जुन २०१९ मा कायम गरेकाे थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x