साधना लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, +2 पास र अनुभव नहुनेलाई पनि मौका

प्रकाशित मितिः २०७९/११/०४ गते
गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी बैंक लिमिटेड, सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड र विभिन्न प्रतिष्ठित व्यक्तिहरुवाट प्रबर्द्धन गरिएको नेपाल राष्ट्र बैंकबाट 'य' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो। वित्तीय संस्थाको केन्द्रीय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका शाखा कार्यालयहरुका लागि देहाय बमोजिमका कर्मचारीहरू आवश्यक परेकोले समुदायसँग घुलमिल गर्नसक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्बन्धी विवरण सहित दरखास्त आह्वान गरिन्छ । दरखास्तको लागि यस वित्तीय संस्थाको वेबसाईट www.sadhanalaghubitta.com.np बाट अनलाईन आबेदन दिन सकिनेछ ।


नोट:

  • उमेरको हद : व्यवस्थापकीय श्रेणीको लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ) यस वित्तीय संस्थामा कार्यरत कर्मचारीको लागि उमेर हद लाग्ने छैन ।
  • परीक्षाको किसिम : छोटो सूचीमा परेकाहरु मध्ये अन्तरवार्ताको माध्यम वाट छनोट गरिनेछ ।
  • परीक्षा दस्तुर : छनोट सूचिमा परेका उम्मेदवारहरुले यस साधना लघुवित्त वित्तीय संस्थाको नाममा रहेको एन.आई.सी.एशिया बैंकको खाता नं. ६७४१५०४९८८५२४००१ मा परीक्षा दस्तुर रु. ३००/- जम्मा गर्नु पर्नेछ ।
  • तलव भत्ता तथा सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
म्याद नाघेको वा रित नपुगेका निवेदनहरु स्वतः रद्ध हुनेछन् । छनोट सुचिमा पर्ने उम्मेदवारलाई मात्र अन्तरवार्तामा बोलाउनुको साथै कर्मचारी छनोट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x