२०२२ मा बढ्दाे पर्यटक आगमन, गत सालको तुलनामा १४७ प्रतिशतको वृद्धि

 
ज्ञानमाण्डू। पर्यटक नै पर्यटन व्यवसायका मुख्य श्रोत तथा आधार हुन्। पर्यटक आगमनको वृद्धि वा गिरावटले पर्यटन व्यवसायमा प्रत्यक्ष समानुपातिक प्रभाव परेको हुने गर्दछ। अर्थात् पर्यटक आगमनको वृद्धिले पर्यटन व्यवसायलाई समृद्धि तर्फ धकेल्ने गर्दछ भने पर्यटक आगमनको गिरावटले व्यवसायमा नकारात्मक असर पार्ने गर्दछ।
 
कोरोनाको महामारीले थला पारेको पर्यटन व्यवसायलाई फेरी उकास्ने आधार पर्यटक आगमनको वृद्धि हो। त्यसमाथि विदेशी पर्यटक धेरै भित्रिँदा गति लिन अप्ठ्यारो परि रहेको पर्यटन व्यवसायलाई निकै टेवा पुग्ने देखिन्छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को अप्रिल महिना सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या १ लाख ३७ हजार ९५ रहेको छ, सन् २०२१ को अप्रिल महिनासम्मको तुलनामा यो १४७ प्रतिशतको वृद्धि हो। साल २०२० को अप्रिल महिनासम्ममा भने नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या २ लाख २० हजार ६८२ रहेको थियो तर २०२० को डिसेम्बर सम्ममा भने उक्त सङ्ख्या घट्दो क्रममा बढेर जम्मा २ लाख ३० हजार पुगेको थियो।
 
तथ्याङ्क अनुसार २०२२ अप्रिलमा कुल ५८ हजार ३४८ जना पर्यटक नेपाल भित्रिएका थिए। गत साल यसै अवधिमा भने २२ हजार ४५० जना पर्यटक नेपाल भित्रिएका थिए।
 
 
सन् २०२० मा कोरोना महामारीको अवस्था सृजना भए पश्चात् नेपाल आगमन हुने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो। सन् २०२० को पहिलो तीन महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या निकै उत्साहजनक रहेको थियो। सोही साल 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार पनि अत्यधिक देख्न सकिन्थ्यो। तर, बढ्दो कोभिड-१९ को त्रासका कारण सन् २०२० को चाैथाे महिना अप्रिलमा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा मार्च महिनाको भन्दा ९९.९६ प्रतिशतले गिरावट आएको थियो ।
 
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२१ को तुलनामा २०२२ मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको देख्न सकिन्छ। बढ्दो कोरोना प्रतिको सचेतना र अधिकांश विश्वमा चली रहेको कोभिड-१९ विरुद्धको खोप अभियानले पर्यटन व्यवसायलाई नयाँ ऊर्जा प्रदान गरेको छ भने व्यवसायीमा पनि थप मनोबल सृजना भएको छ। सरकार र वित्तीय क्षेत्रबाट उपलब्ध हुने श्रोत र राहतका विविध कार्यले पर्यटन व्यवसाय र व्यवसायीलाई पहिला कै जस्तो स्वरूप प्रदान गर्ने आशा राख्न सकिन्छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x