यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २७ दशमलव १९ अङ्कले बढेर २७०८ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज कूल ३२६ कम्पनीहरूका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर रु. ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५८ करोड ७७ लाख ६३ हजार ८६२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, राधी विद्युत कम्पनी लिमिटेडको रु. ५७ करोड ५० लाख ९९ हजार ४३८ बराबरको शेयर कारोबार भएको छ ।

यता, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ५३ करोड ७४ लाख १० हजार ७६७, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४० करोड ५५ लाख ५० हजार ९५९ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु. ३८ करोड ६८ लाख ८१ हजार ५३५ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x