
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १० दशमलव २४ अङ्कले घटेर २६९८ दशमलव ४५ को विन्दुमा कायम भएको छ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । रिडी पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत, खानी खोला हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत, हिमालयन हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.३९ प्रतिशत र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ४.४९ प्रतिशतका दरले कमाएका छन् ।
यता, कालिञ्चोक दर्शन लिमिटेडको लगानीकर्ताहरूले ८.९१ प्रतिशतले गुमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका ८.२९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका ५.६४ प्रतिशत र एनआईबिएल समृद्धि फण्ड-२ का ५.६१ प्रतिशत र युनियन हाइड्रोपावर लिमिटेडका ४.७१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
