
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सोही महिनामा मुद्रास्फीति दर ४.१६ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति घटेर २.५० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९५ प्रतिशत रहेको थियो।
त्यसै गरी, गैर-खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ३.६६ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३.७४ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उप-समूह ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ। यता दाल तथा गेडागुडी उप-समूह ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ २.९७ प्रतिशत र मरमसला २.६१ प्रतिसतले घटेको छ।
त्यसै गरी, समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप-समूह २१.९८ प्रतिशत, शिक्षा ७.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पल ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिसतले बढेको छ। यता सञ्चार उप-समूह भने ०.०८ प्रतिशत ले घटेको छ ।
मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
