राजस्वले चालू खर्च धान्नै मुस्किल: विकास खर्च १९.३% मात्र

Gyanmandu | Achieving Excellence Together
सरकारको आम्दानी र खर्चमा असन्तुलन देखिएको छ । चालू आर्थिक वर्षको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च मात्रै धान्न धौ धौ पर्ने देखिएको छ ।


साउन देखि चैत्र १ गते सम्म विकास खर्च धेरै कम मात्र भएको देखिन्छ । यो अवधिमा विकास खर्च वार्षिक लक्ष्यको १९.३ प्रतिशत मात्र भएको हो । यो आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी हुँदा सरकारले ७ खर्ब ६९ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने खर्च ९ खर्ब २८ अर्ब रुपैयाँ नाघेको छ।

चालू आर्थिक वर्षको हालसम्म विकास खर्च ७८ अर्ब ७३ करोड ६१ लाख भएको छ । सरकारले यस वर्ष विकास खर्च ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन गरेको थियो । चैत्र १ गतेसम्म सरकारको कुल ४७.२९ प्रतिशत बजेट खर्च भएको छ । यता चालू खर्च भने ५४.५४ प्रतिशत भइसकेको छ।

सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा अहिलेसम्म रु. ७ खर्ब ५१ अर्ब ७० करोड सङ्कलन भएको छ जुन राजस्व सङ्कलन लक्ष्यको ५०.७९ प्रतिशत मात्रै हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x