एसइई २०८२ को नतिजा वैशाखमै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा वैशाख महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

नतिजा प्रकाशनको तयारीसँगै बोर्डले विभिन्न संस्था तथा सेवा प्रदायकलाई नतिजा प्रकाशनका लागि स्वीकृति प्रदान गरेको छ। स्वीकृतिअनुसार नेपाल टेलिकम ले एसएमएस, यूएसएसडी र आईभीआर सेवामार्फत नतिजा उपलब्ध गराउनेछ।

त्यस्तै, जानकी टेक्नोलोजी प्रा.लि. तथा एम्बिसन गुरु प्रा.लि. ले एसएमएस सेवामार्फत नतिजा सार्वजनिक गर्ने अनुमति पाएका छन्।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लगायत विभिन्न वेबसाइट र डिजिटल प्लेटफर्ममार्फत पनि नतिजा हेर्न सक्नेछन्। नतिजा उपलब्ध हुने प्लेटफर्ममा कान्तिपुर, आईएमई खल्ती, एनसेल, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एनइबी रिजल्ट्स एण्ड न्युज तथा इन्द्रेणी टाइम्स नेटवर्कलगायत रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x