हरित बैङ्किङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैङ्क र मिनर्जी इन्निसियटिभ्स् बिच रणनीतिक साझेदारी

सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैङ्क लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्स सँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा कुमारी बैङ्कका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । पर्यावरण तथा हरित बैङ्किङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैङ्कको लागि योग्य बनाउने र बैङ्कलाई पनि लक्षित समुदाय अनुरूप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्य दायरा स्थापना गरेको छ ।

“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबिचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैङ्किङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैङ्कको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भन्नुभयो । “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x