महालक्ष्मी विकास बैङ्कद्वारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैङ्कले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढवा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी विकास बैङ्कका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार दराज मार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कका डेबिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत न्यूनतम रु. १९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरूले न्यूनतम रु. १९९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु.१००० छुट प्राप्त गर्नेछन् । यो योजना हरेक सोमबार मात्र लागु हुनेछ भने सीमित सङ्ख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरूले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्नेछन् ।

यस प्रकारका योजना मार्फत बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैङ्किङ सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकहरूलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x