२१ वाणिज्य बैङ्कहरूले गरे लाभांश प्रस्ताव,५ वटाको साधारण सभाबाट पारित,६ बैङ्कको घोषणा हुन बाँकी


ज्ञानमाण्डू। सञ्चालनमा रहेका २७ वाणिज्य बैङ्कमध्ये २६ यस्ता बैङ्क नेपाल स्टक एक्सचेन्जमा सूचिकृत रहेका छन्। सूचिकृत वाणिज्य बैङ्कहरू मध्ये २१ यस्ता बैङ्कले आइतबारसम्ममा गत आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरिसकेका छन् । लाभांश घोषणा गरेका २१ वाणिज्य बैङ्कको औसत लाभांश १५.५४ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औसतमा १३.०१ प्रतिशत र नगद लाभांश औसतमा २.५३ प्रतिशत छ । लाभांश प्रस्ताव गरेका पाँच वाणिज्य बैङ्कले वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गर्दै प्रस्तावित लाभांश सभामार्फत स्वीकृत समेत गरिसकेका छन्।

वार्षिक साधारण सभा सम्पन्न गर्दै प्रस्तावित लाभांश सभामार्फत स्वीकृत गर्ने बैङ्कहरू सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क, नेपाल बङ्गलादेश बैङ्क र कुमारी बैङ्क रहेका छन्। नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २६ वाणिज्य बैङ्क मध्ये ५ यस्ता बैङ्कले भने लाभांश प्रस्ताव गरेका छैनन्। उक्त बैङ्कहरू कृषि विकास बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क, नेपाल एसबिआई बैङ्क, सेञ्चुरि कमर्सियल बैङ्क र सिभिल बैङ्क रहेका छन् भने नेप्सेमा सूचिकृत नभएको सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कले पनि गत आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गर्न अझै बाँकी नै रहेको छ।
लाभांश प्रस्ताव गरेका वाणिज्य बैङ्कहरू मध्ये गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सर्वाधिक लाभांश घोषणा गर्ने वाणिज्य बैङ्क नबिल रहेको छ। वाणिज्य बैङ्कहरू माझ लिडर बैङ्क भनेर चिनिने नबिल बैङ्कले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीहरू माझ हाल कायम चुक्ता पुँजीको ३३.६ प्रतिशतले हुन आउने बोनस शेयर र ४.४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो। बैङ्कले हाल सम्म पनि साधारण सभा र बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन। यता, सनराइज बैङ्कले वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा कम ७ प्रतिशत (६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ । उक्त बैङ्कले पनि हाल सम्म साधारण सभा र बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन।

लाभांश प्रस्ताव गरेका २१ मध्ये ९ बैङ्कले शेयर दाखिला खारेजी मिति तोकेका छन् । जसमध्ये पाँच बैङ्कहरू सिटिजन्स, कुमारी, माछापुच्छ्रे, नेपाल बङ्गलादेश बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कको बुकक्लोज भैसकेको छ भने ग्लोबल आइएमई बैङ्कले आगामी मङ्सिर १३ गतेदेखि र बैङ्क आफ काठमाडौँका साथै स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले मङ्सिर १० गते देखि संस्थाको बुकक्लोज रहने जनाएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x