मिलानले लगातार तेस्रो हार बेहोर्दै

ज्ञानमाण्डू।इटालियन सिरी 'ए' फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान टोरिनोसँग २-१ गोल अन्तरले पराजित भएको हो । सिरी ‘ए’ फुटबलमा एसी मिलानले यो लगातार तेस्रो हार बेहोरेको छ । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।

टोरिनोको मैदानमा भएको खेलको खेलको १८औं मिनेटमा क्रिजिस्टफ पियाटिकले पेनाल्टीको सदुपयोग गर्दै गोल गर्न सफल भए थिए ।पियाटिकले पेनाल्टीमा गोल गर्दै मिलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा भने प्रतिस्पर्धी टोलीका आन्द्रिया बेलोट्टीले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै  टोरिनोका लागि खेलमा २–१ को अग्रता बनाए । बेलोट्टीले क्रमश:७३औं मिनेट र ७६औं मिनेटमा गोल गर्दै मिलानलाई २–१ ले अघि बढाए ।त्यस पश्चात् दुवै टोलीबाट गोल हुन नसक्दा टोरिनो विजयी हुन पुग्यो ।

जितसँगै टोरिनो ५ खेलबाट ९ अङ्क जोडेर छैटौँ स्थानमा उक्लँदा मिलान ५ खेलबाट ६ अङ्क जोडेर १३औं स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x