विद्युत् सबस्टेशन निर्माणमा ढिलाइ

ज्ञानमाण्डू।सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । 

सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । हाल सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयका अनुसार सुब्बाकुनामा १३२ केभी र जहरेमा ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुनेछ । जाजरकोटको नलगाड नगरपालिका–७ दानीपीपलमा ४०० केभी प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । त्यस्तै जाजरकोटको चौखामा सवस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । 

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको आधारभूत तयारी पूरा भइसकेको छ । प्राधिकरणका प्रदेश कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिले निर्माण तयारीमा रहेका नलगाड, तासुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणकार्य छिटो सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x