सानिमा लाइफ इन्स्योरेन्सको नाफामा ६९.३५ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ? | Sanima Life Insurance


ज्ञानमाण्डू। सानिमा लाइफ इन्स्याेरेन्सको नाफा ६९.३५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा कम्पनीले ९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । एक्चुरी मूल्याङ्कन पछि भने कम्पनीको नाफा वृद्धि हुने गरेको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन २१.५२ प्रतिशतले वृद्धि भएर ९५ करोड ६३ लाख रुपैयाँबाट १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष ७३.५१ प्रतिशतले वृद्धि भएर २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या  ३५ हजार ८२४ बाट बढाएर ४५ हजार १०५  पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई २० करोड ०३ लाख रुपैयाँ कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x