सिद्धार्थ बैंकद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न

ज्ञानमाण्डू। सिद्धार्थ बैंकले टोखा नगरपालिकास्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्वच्छ वातावरण निमार्णमा सघाउ पु-याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

वृक्षरोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्कपरिसरमा ५० वटा गरी जम्मा सयवटा फलफूलका बिरुवाहरु रोपेको हो ।
हालसम्म बैंकले देशभर १ सय ६१ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ७८ वटा एटीएम र १ हजार ५ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x