आज देखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपिओ विक्री खुल्ला

Shrijanshil Laghubitta Bittiya Sanstha Limited

 

ज्ञानमाण्डू। श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै १५ गते (आज) देखि आईपीओ विक्री खुल्ला गरेकाे छ ।

 

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजारसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

 

सो कम्पनीले निष्कासन गर्ने ३ लाख ९३ हजार ७५० कित्ता शेयर मध्ये ५ हजार ४७० कित्ता अर्थात कुल निष्काशनको १.३८९२ प्रतिशतले हुने (जारी पूंजीको ०.५%) कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र १९ हजार ६९० कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको कम्पनीले जनाएकाे छ ।

 

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) भदाै १९ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदाै २९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

 

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

 

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x