यदि कनै व्यक्तीलाई नेपाल पुनर्बीमा देखि सबै कम्पनीको आईपीओ परेको भए कति पुग्थ्यो होला सम्पत्ति ?


ज्ञानमाण्डू। अहिले शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। साथ साथै आईपीओमा आवेदन दिने कुराले पनि रेकर्ड तोडिरहेको छ। नेपाल पुनर्बीमा कम्पनीको आईपीओ पश्चात् आईपीओमा आवेदन दिने कुरा बजारमा सबैभन्दा लोकप्रिय विषय मध्येको एक हो।

नेपाल पुनर्बीमा कम्पनीको आईपीओ देखि अहिले सम्म यदि कोही व्यक्तिलाई सबै कम्पनीको आईपीओ परेको भए ती लगानीकर्ताको आजको दिनमा सम्पत्ति रु ३ लाख ३४ हजार माथि पुगेको छ। पुनर्बीमा कम्पनीको आईपीओ आए देखि थप २० वटा कम्पनीहरूले आईपीओ निष्कासन गरेका छन्।

यदि तथ्याङ्कलाई आधार मान्ने हो भने नेपाल पुनर्बीमा कम्पनीको आईपीओ पश्चात् क्रमशः रूपमा आईपीओकाे आवेदन सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ भने नयाँ डिम्याट खाताहरू पनि धमाधम खुलिरहेका छन् । त्यस्तै केही समय अघि सम्म जलविद्युत कम्पनीको सम्पूर्ण शेयर विक्री हुँदै नहुने प्रवृत्ति देखिएकोमा सबै कम्पनको आईपिओमा उत्तिकै आकर्षण देखिएको छ । आजको समय सम्म आइपुग्दा आईपीओमा कैयौँ गुणा बढी आवेदन आएको र अधिकांश सर्वसाधारण लगानीकर्ताको हात खालि भएको देख्न सक्छौँ वा स्वयम आफैँले भोगेका पनि छौँ । 

नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा करिब ४ लाख लगानीकर्ताले आवेदन दिएकोमा अहिले निष्कासन हुने आईपीओमा करिब १८ लाख लगानीकर्ताले आवेदन दिएकाे देखिन्छ।

२०७६ चैत्र ४ गते नेपाल पुनर्बीमा कम्पनीले आईपीओ खुलाएको थियो र यो एक वर्ष २ महिना अवधिमा करिब ४.५ गुणाले आईपीओमा आवेदन दिनेको संख्यामा वृद्धि भएको छ। सो अवधिमा नेपाल पुनर्बीमाको शेयर आवेदन दिने सबैलाई परेको थियो । नेपाल पुनर्बीमामा ४० कित्ता आवेदन दिने सबैलाई ४० कित्ता परेको थियो भने ४० भन्दा माथि आवेदन मध्य गोला प्रथाबाट केहीलाई १० कित्ता थप शेयर परेको थियो।

त्यस्तै एनआईसी एशिया लघुवित्तको आईपीओमा सबैलाई १० कित्ता शेयर परेको र भाग्यमानीलाई थप दश कित्ता शेयर परेको थियो। लिबर्टीमा ३० कित्ता भन्दा माथि आवेदन दिने सबैलाई ३० कित्ता परेको र भाग्यमानीलाई ४० कित्ता शेयर परेको थियो र निफ्रामा ५० कित्ता भन्दा माथि आवेदन दिने सबैलाई ५० कित्ता परेको र भाग्यमानीलाई थप १० कित्ता शेयर परेको थियो। अरू बाँकी सबै आईपीओमा गोला प्रथाबाट दश कित्ता शेयर बाँडफाँट भएको थियो।

सिईडीबीको आईपोओ दोस्रो बजारमा सूचीकृत भएको छैन भने समाज लघुवित्तले आईपीओ निष्कासन पश्चात् नै मर्जरमा गएको कारणले शेयर कारोबार हुन् सकेको छैन। यी दुई कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भए धेरै आईपीओ लगानीकर्ताको सम्पत्ति अझै वृद्धि हुने देखिन्छ।

नोट: सीइडीबी हाइड्रो पावरको दोस्रो बजारमा शेयर कारोबार सुरु नभएको र समाज लघुवित्तको मर्जरको कारणले शेयर कारोबार हुन नसकेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x