नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमै पहिलो पटक माछापुच्छ्रे बैंकको आफ्नै मोवाईल वालेट

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक लि.ले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमानै बैंकको पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा ल्याएको छ । 

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले बिशेषगरि डिजीटल बैंकिङ्गमा नयाँनयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरुमाझ संचालन गर्दै आएको छ । यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले माछापुच्छ्रे बैंकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको हो ।

Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण (KYC) भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् । यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । 

रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउँबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि सहज बनाउने बैंकको विश्वास छ । यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ । यस बाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुप्रै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास माछापुच्छ्रे बैंकले लिएको व्यहोरा बैंकले यस  विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x