भाद्र महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले सङ्कलन गरे झन्डै ३ अर्ब बीमा शुल्क, सर्वाधिक सङ्कलन कसको ?

ज्ञानमाण्डू।चालु आर्थिक वर्षको भाद्र महिनामा हाल नेपालमा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

गत आर्थिक वर्षको भाद्र मसान्तसम्मको तुलनामा ३४.१३ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा २० वाट निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा कुल ६ अर्ब ३९ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् ।गत आर्थिक वर्षको समिक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ७७ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए। उक्त निर्जीवन बीमा कम्पनीहरूको कुल जारी बीमालेख सङ्ख्या चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा ४ लाख ७३ हजार २६४ रहेको तथ्याङ्कले जनाएको छ।

चालु आर्थिक वर्षको भाद्र महिनामा शिखर इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले भाद्र महिनामा मात्रै कुल ३६ करोड बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेको इन्स्योरेन्सले यही भाद्र महिनामा कुल २६ करोड बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यसै गरी, सगरमाथा इन्स्योरेन्सले पनि व्यापार विस्तार गर्दै भाद्र महिनामा २४ करोड बीमा शुल्क सङ्कलन गर्दा एनएलजी इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स दुवैले समान २० करोड बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । तथ्याङ्क अनुसार उक्त पाँच निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०७८/७९ को भाद्र महिनामा २० करोड अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

व्यापार विस्तारका क्रममा प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी दुवैले समान १९ करोड बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को भाद्र महिनामा १५ करोड बीमा शुल्क सङ्कलन गर्दा एचजीआई इन्स्योरेन्सले १२ करोड सङ्कलन गरेको छ। यता, नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सले समान ११ करोड बीमा शुल्क सङ्कलन गरेका छन्। त्यस्तै, द ओरिय इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले १०/१० करोड बीमा शुल्क सङ्कलन गरेका छन्। आइएमई इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले पनि समान ९ करोड बीमा शुल्क सङ्कलन आर्जन गर्ने सफल भएको तथ्याङ्कले जनाएको छ।

चालु आर्थिक वर्षको भाद्र महिनामा सानिमा जनरल इन्स्योरेन्सले ७ करोडको बीमा शुल्क सङ्कलन गर्दा जनरल इन्स्योरेन्सले ६ करोड बीमा शुल्क सङ्कलन गरेको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x