ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउण्टर सञ्चालनमा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले मिति २०७४÷०९÷२४ गतेदेखि नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो । यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।
उक्त राजस्व संकलन काउण्टरको उद्घाटन एक समारोहका बीच आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले गरेकाछन् ।

यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ पौष २० गते शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका – १३, बौघा गुम्हामा ११६औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यस शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ र यो शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x