गणेशमान सिंह स्मृति किक बक्सिङमा विभिन्न तौल समूहमा स्पर्धा हुँदै

ज्ञानमाण्डू।वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । 

पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर राना मगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो क्योकुसिनका धीरज परियार, त्रिभुवन आर्मी क्लबका यमराज थापामगर र आशिष राई, मकवानपुरका सफल विक तथा दी गोर्खाका सन्तोष सिलवाल आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन् । 

यस्तै पुरुष ५५ किलोतर्फ रेजका मदनकृष्ण डङ्गोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुञ्जो शेर्पा, सो क्योकुसिनका मनिष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिञ्जाली मगर, त्रिभुवन आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गरे । पुरुष ६० किलोतर्फ रोशन अछामी, त्रिभुवन आर्मीका सुनिल सिरिश मगर, चोपबहादुर बुढाथोकी, तेक्वान्दोका विमल रोकाया, नेपाल पुलिस क्लबका मुकेश पण्डित, सो क्योकुसिनका एलिश आचार्य, मकवानपुरका उत्तम स्याङताङ र मुवाँथाईका विजय रसाइली आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन् । 

यसै गरी महिला ५० किलोतर्फ त्रिभुवन आर्मी क्लबकी रुविका खड्का र शान्ति थापामगर, आइकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सञ्जुमाया थिङ, मुवाँथाइकी डेनिका राई तथा अञ्जना ढुङ्गेल क्वाटरफाइनलमापुग्न सफल भएका छन् । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । 

पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ आठ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । 

सो अवसरमा १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कास्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका खेलाडी हुन् । सो अवसरमा सागमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका करातेका गङ्गाराम महर्जन र दीपक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x