युवा उद्यमशीलता सम्मेलनको सह-आयोजकमा आइएमई फाउण्डेसन

ज्ञानमाण्डू।आगामी साउन २७ र २८ गते काठमाडौंमा हुन लागिरहेको नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह – आयोजक  रहने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकार अन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय र बिशाल मिडिया ग्रुप आयोजकका रुपमा र आइएमई फाउण्डेसन सह—आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्मेलनमा सह—आयोजक रहने सम्वन्धमा बिहिवार आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र  सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मेलनले उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि प्रर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न  उपयुक्त प्लेटफर्म प्रदान गर्ने बताए । सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले  प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरेका छन्
 ।
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलनको खुला सत्रमा करिव ३ हजार युवा उद्यमीहरु सहभागी हुने छन् भने बन्द सत्रमा देशभरका ७७ जिल्लाबाट सहभागी ५०० युवा उद्यमीहरुको सहभागीता रहने छ ।  सम्मेलनमा आइएमई ग्रुप अन्तरगर्तका आइएमई पे पेमेन्ट पार्टनर र चन्द्धागीरि हिल्स टुरिजम पार्टनरकारुपमा रहने छन भने सम्मेलनको मुख्य प्रायोजकका रुपमा राष्ट्रिय बाणीज्य बैंक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x