ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला, कहिले सम्म दिने आवेदन ?

ज्ञानमाण्डू।ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आज(माघ २३)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गर्दैछ । हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो।

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता प्राथमिक शेयर(आईपीओ) बिक्री गर्न लागेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७८० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् ।

कम्पनीले सर्वप्रथम आयोजना प्रभावित स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गरेको थियो । हाइड्रोपावरले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको र बाकी आवेदन नदिइएको कुल १६ लाख ८६ हजार ४०० कित्ता शेयर पनि यही प्राथमिक शेयर(आईपीओ)मा संलग्न गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि जारी गरेको तर बिक्री नभएको जम्मा १६ लाख ८६ हजार ४०० कित्ता शेयर गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

कम्पनीको आईपीओमा छिटोमा माघ २७ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरे फागुन ७ गतेसम्म म्याद थप गरिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई “केयर (एनपि बि प्लस (आइएस)” रेटिङ प्रदान गरेको छ, अर्थात् कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँछ ।

कम्पनीको बारेमा :

ग्रीनलाइफ हाइड्रोपावर २०६६ साल असोज ४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रिनलाइफ इनर्जी प्रा. लि. को रुपमा दर्ता भएको थियो भने २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैया, जारी पूँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर(आईपीओ) पश्चात् हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ। सर्वसाधारण तथा कर्मचारीहरुका लागि निष्काशन भएको प्राथमिक शेयर(आईपीओ) पश्चात् हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपेयाँ पुग्नेछ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद विक्री सम्झौता गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x