दीर्घकालीन समाधानका उपाय खोज्दै, दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु

ज्ञानमाण्डू।पश्चिम नवलपरासीमा आजदेखि दोस्रो अन्तर्देशीय जल सम्मेलन सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी तट ठाँटीघाटमा नदी अधिकार मञ्च साउथ एसिया कमिटीद्वारा आयोजित सम्मेलन शनिवारसम्म चल्ने छ । सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका नदी प्रभावित क्षेत्रका करिब २०० प्रतिनिधिको सहभागिता छ । 

तीन दिने सम्मेलनले नेपाल भारत र बङ्गलादेशका नदी प्रभावित क्षेत्रका पीडितहरूको दीर्घकालीन समाधानका उपायबारे व्यापक छलफल हुने नदी अधिकार मञ्च साउथ एसिया कमिटीका अध्यक्ष ब्रिजराज कुशुहवाले जनाए । गण्डक क्षेत्र आसपासमा बस्ने स्थानीयहरूको समस्या, समाधानको उपाय, आवश्यक सवालका मुद्दाहरू समावेश गरी घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने छ । 

गण्डक क्षेत्रबाट सिर्जना भएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि यस अगावै यस क्षेत्रमा संघर्षरत गण्डक नदी नियन्त्रण समितिले सङ्घर्षको अभियानलाई विस्तार गरेको छ । नदी पीडितसँगको हातेमालो गर्दै नेपालका साथै भारतीय तथा बङ्गलादेशका नदी पीडितहरूको सञ्जाल (नदी अधिकार मञ्च) बनाइएको थियो ।
  
एउटा नदी धेरै समुदायको सिद्धान्तमा अग्रसर यस अभियानले दोस्रो अन्तर्देशीय सम्मेलन नेपालमा आयोजना गरेको हो । पहिलो सम्मेलन अघिल्लो वर्ष बङ्गलादेशमा भएको थियो । नेपाल र भारतबिच सम्बन्ध प्रगाढ बनाउने रणनीति बनाई नेपाल भारतबिच यसै दिन गण्डक सम्झौता भएको थियो । सम्झौताको ६० वर्ष पुग्यो तर जनताले लाभ पाउनुको साटो निरन्तर दुःख पाउँदै आएको गण्डक पीडितको निष्कर्ष छ । सम्झौता भएकै कारण नेपाली जनताले निरन्तर दुःख पाउनुपरेको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताको भनाइ छ ।रासस 
  
नदीका कारण बर्सेनि नवलपरासीमा हुने गरेको नदी कटान, डुबान तथा जलमग्नका कारण गण्डक क्षेत्रका जनताले सास्ती पाउँदै आएका छन् । सन् १९५९ मा नेपाल र भारतबिच गण्डक सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x