हिमनदीको बरफमा अस्वाभाविक तापक्रम वृद्दी

ज्ञानमाण्डू। सगरमाथा क्षेत्रमा स्थित खुम्बु ग्लेशियरको बर्फ तापमानको अपेक्षा भन्दा बढी रहेको एक वैज्ञानिक अनुसन्धानले फेला परेको छ । खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । 

नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले, हिमनदीको दुई सय मिटर गहिराइसम्म गरेको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल सम्मको तापक्रम माइनस एकदेखि माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो ।

टोलीले सगरमाथा आधार शिविर र खुम्बु आइसफलसमेत पर्ने खुम्बु क्षेत्रमा फैलिएको हिमनदीको ५ किलोमिटर लम्बाइमा ड्रिल गरेर भित्रको बरफको तापक्रम अध्ययन गरेको थियो ।जमिनको सतहदेखि २० मिटरसम्मको बरफमा शून्य डिग्री तापक्रम हुन्छ । २० मिटरभन्दा गहिराइमा मात्र बरफको वास्तविक तापक्रम थाहा हुने भएकाले करिब दुई सय मिटरसम्म ड्रिल गरेर हेरिएको हो ।

‘हट वाटर ड्रिलिङ’ अध्ययन नेपालको हिमालयन रिसर्च सेन्टरले बेलायतको लिड्स विश्वविद्यालय, युनिभर्सिटी अफ सेफिल्ड र एभर्सविथ युनिभर्सिटी तथा काठमाडौं विश्वविद्यालय (केयू)सँग मिलेर सन् २०१६ अप्रिलदेखि २०१९ अप्रिलसम्म गरेको थियो ।यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरूले बताएका छन् । यसअघि ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदीको बरफ माइनस १० डिग्रीसम्म हुन सक्ने अनुमान थियो । 

वैज्ञानिक टोलीले नेपालको सबैभन्दा चिसो क्षेत्र सगरमाथाबाट बगेको खुम्बु हिमनदीको अध्ययन गरेको थियो । टोलीले खुम्बु हिमनदीको सगरमाथा आधार शिविरसम्म विभिन्न स्थानमा ड्रिल गरेर तापक्रम नापेको थियो । त्यस क्रममा १९२ मिटर गहिराइसम्म नाप्दा पनि माइनस तीन डिग्री सेल्सियस मात्र तापक्रम भेटिएको थियो । यस अनुसन्धानले हिमनदीको माथिल्लो तहले केही कुराले रोकेर पग्लिनबाट रोकिए पनि जियोथर्मल (भूतापक्रम) ले पग्लिने क्रम बढी छ भन्ने निष्कर्ष निकालेको छ । 

खुम्बु हिमनदीका विभिन्न स्थानमा २७ स्थानमा ड्रिल गरेर ५० देखि १९२ मिटरसम्म गहिराइमा जाँदा पनि माइनस तीन डिग्री सेल्सियसभन्दा बढी तापक्रम नपाईएको अनुसन्धान टोलिले जनाएको थियो । 

अध्ययन टोलीका प्रमुख बेलायतको युनिभर्सिटी अफ लिड्सका विज्ञ डंकन क्वेन्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खुम्बु क्षेत्रमा ५६ प्रतिशत बरफ तातो भेटिएको छ । उनका अनुसार एक दशकमा ०.५ डिग्री सेल्सियसका दरले बरफ तातिरहेको देखिएको छ  जसले बरफसहितको ठूलो बाढीको संकेत गरेको पनि देखिएको छ । खुम्बु क्षेत्रका हिमनदीको जोखिम दिनप्रतिदिन बढिरहेको छ । वायुमण्डलमा तापक्रम वृद्धि भए हिमनदी र हिमनदीको पिँधमा रहेको बरफसमेत छिटो पग्लिनमद्दत पुग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x