बहुप्रतिभाको सिद्धान्त (Theory of Multiple Intelligence): उत्सव ढकाल



ज्ञानमाण्डू। हाडवर्ड विश्वविद्यालयका प्रसिद्ध मनोबैज्ञानिक तथा शिक्षाशास्त्री होवार्ड गार्डनरले आफ्नो लामो अध्ययन र अनुसन्धान पछि सन् १९८३ मा बहुप्रतिभाको सिद्धान्त (Theory of Multiple Intelligence) को प्रतिपादन गरेका थिए । आई क्यू (IQ) को आधारमामात्र मानिसको प्रतिभा छुट्टाउनु अपर्याप्त हुने भन्दै उनले मानिसमा रहेको प्रतिभा र क्षमताको बारेमा व्याख्या गर्न आठ प्रकारका प्रतिभाहरूको उल्लेख गरेका छन् । यी बहुप्रतिमाहरुको बारेमा तल सङ्क्षेपमा उल्लेख गर्ने प्रयास गरिएको छ ।




१. तार्किक वा गणीतिय प्रतिभा (Logical or Mathematical Intelligence):
जुन व्यक्तिमा तर्क गर्न र अंकसंग खेल्ने क्षमता छ उसलाई Number Smart भनिन्छ । यस्ता व्यक्तिहरू हिसाब किताब,नापतौल, तार्किक,वैज्ञानिक वा दार्शनिक चिन्तनमा अगाडि हुन्छन् । यस्तो प्रतिभा भएका व्यक्तिहरू धेरै प्रश्न सोध्ने स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू वैज्ञानिक, इन्जिनियर,कम्प्युटर प्रोगामार, अनुसन्धानकर्ता, एकाउन्टेण्ट, गणितज्ञ आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

२. भाषिक प्रतिभा (Linguistic Intelligence):

जुन व्यक्तिमा शब्द/भाव चयन गर्ने तथा भाषाको राम्रो र उपयुक्त तवरले प्रयोग गर्न सक्ने क्षमता छ उसलाई Word Smart भनिन्छ । उनीहरू कुनै पनि कुरालाई चित्र भन्दा पनि शब्दको आधारमा कल्पना गर्दछन् । उनीहरू सुन्ने,बोल्ने,लेख्ने,कथा वाचन गर्ने, व्याख्या गर्ने तथा विश्लेषण गर्ने जस्ता कार्यहरूमा अगाडि हुन्छन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू कवि,साहित्यकार, पत्रकार,लेखक, शिक्षक, वकिल, राजनीतिज्ञ, उल्थाकार आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

३. अन्तर-व्यक्ति प्रतिभा (Interpersonal Intelligence):

जुन व्यक्तिमा एक अर्काको चाहना, भावना आदि बुझ्न सक्ने क्षमता छ उसलाई People Smart भनिन्छ । यस्ता व्यक्तिहरू अर्कामाथि सहानुभूति राख्ने स्वभावका हुन्छन् र अरूले कुनै कुरालाई कसरी सोच्छन् र के बुझ्छन् भन्ने थाहा पाउन आफूले भन्दा पनि अरूको नजरबाट हेर्ने कोसिस गर्दछन् । यस्ता व्यक्तिहरू सबै खाले स्वभावका मानिसहरूसँग घुलमिल हुन र विश्वास जित्न सक्छन् साथै यिनीहरूले अरूसँग सकारात्मक सम्बन्ध राख्न सक्नेहुदा अरूको भावना, चाहना बुझी अरूलाई उत्प्रेरित गर्दछन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू परामर्शदाता,सल्लाहकार, बिक्रेता,राजनीतिज्ञ, व्यापारी, समाजसेवी आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

४. अन्तरमुखी प्रतिभा (Intrapersonal Intelligence):

जुन व्यक्तिमा आफ्नो चाहना,भावना आदि आफै बुझ्न सक्ने क्षमता छ उसलाई Self Smart भनिन्छ । यस्ता व्यक्तिहरूले आफ्नो खुबी र कमजोरी आफैँ महसुस गर्ने, मनमनै आफूले आफैको विश्लेषण गर्ने स्वभावका हुन्छन् । आफ्नो अरू प्रतिको दायित्व अनुभूत गर्ने कोसिस गर्दछन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू मनोवैज्ञानिक, थेरापिस्ट, सिद्धातवादी, दार्शनिक आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

५. शारीरिक गतिविधि प्रतिभा (Bodily Kinesthetic Intelligence):

जुन व्यक्तिमा सन्तुलितरुपले आफ्नो शरीर हलचल गर्न सक्ने क्षमता छ उसलाई Body Smart भनिन्छ । यिनीहरूले आफ्नो शरीर तथा शरीरका अंगहरु के कसरी चल्छन् र चलाउन सकिन्छ भन्ने कुरामा दक्षता राख्दछन् । यस्ता व्यक्तिहरू नृत्य, शारीरिक व्यायाम, खेलकुद, अभिनय आदिमा विशेष रुचि राख्दछन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू खेलाडी, कलाकार, रेशलर,कोच आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

६. साङ्गीतिक प्रतिभा (Musical Intelligence):
जुन व्यक्तिमा सङ्गीत प्रति अभिरुचि तथा शुरताल सम्बन्धी क्षमता छ उसलाई Music Smart भनिन्छ । यिनीहरू सङ्गीत सुन्ने बित्तिकै त्यसको बिश्लेषणगरी प्रतिक्रिया जनाउन रुचाउने स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरूले कुनै पनि कुरा लयमा सम्झिन मन पराउँछन् । यस्ता व्यक्तिहरू गुनगुनाउने,सुसेल्ने र बाजाहरू बजाउने, स्वर विश्लेषण र पहिनचान गर्न सक्ने, गीत रचना गर्ने स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू सङ्गीतकार, गायक, बाद्यबाधक, सङ्गीत निर्देशक आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।


७. स्थान वा अन्तराल सम्ब्बन्धी प्रतिभा (Spatial Intelligence):

जुन व्यक्तिमा चित्र वा दृश्यलाई बुझ्ने र कुनै पनि बस्तुको संरचना, ढाँचा बुझ्न सक्ने क्षमता छ उसलाई Picture Smart भनिन्छ । यस्ता व्यक्तिहरूले कुनै पनि कुरालाई चित्रकोरुपमा कल्पना गर्दछन् । यिनीहरूले चित्र,भिडियो,चार्टहरू, तस्बिर, चलचित्र हेर्न धेरै रमाइलो मान्दछन् । यस्ता व्यक्तिहरूले कुनै पनि चित्रको भाव बुझी विश्लेषण गर्न सक्दछन् । यिनीहरू चित्र बनाउने, नक्सा बनाउने, कुनै कुराको डिजाइन गर्ने जस्ता कार्यहरूमा अगाडि हुन्छन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू चित्रकार, मूर्तीकार, डिजाइनर, दृश्यकलाकार, आर्किटेक्चर आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

८. प्रकृतिवादी प्रतिभा (Naturalist Intelligence):

जुन व्यक्तिमा कुनै पनि प्राकृतिक बस्तु वा प्राणी आदिको बारेमा बुझ्न र जान्न सक्ने क्षमता छ उसलाई Nature Smart भनिन्छ । यस्ता व्यक्तिहरू रुखविरुवा,जनावर,खोलानाला, पहाड, बनजंगल, अन्य प्राकृतिक दृश्यहरू, प्राकृतिक स्वाद,गन्ध प्रति विशेष रुचि राख्ने स्वभावका हुनेहुदा ती क्षेत्रमा अध्ययन अनुसन्धान गर्न मन पराउँदछन् । यस्ता व्यक्तिहरूको स्वभाव र इच्छाको आधारमा यिनीहरू किसान, पशु चिकित्सक, पुरातत्वविद्, वातावरण सोध कर्ता, मौसमविद् ,पशु विज्ञ, बन संरक्षक आदिकोरुपमा सहजै सफल हुन सक्छन् ।

व्यवहारमा हामीहरूले आफ्ना बच्चा वा विद्यार्थीहरूको भाषिक र तार्किक वा गणीतिय प्रतिभामा मात्र ध्यान दिन्छौ । जुन बच्चा वा विद्यार्थीहरू भाषिक र तार्किक वा गणीतिय प्रतिभामा अगाडि छ उसको धेरै प्रशंसा गरिन्छ । अरू बच्चा वा विद्याथीहरु जो भाषिक र तार्किक वा गणीतिय प्रतिभा बाहेक अरू प्रतिभामा अगाडि छन् र आफूमा भएको प्रतिभा अनुसार सङ्गीतकार,कलाकार,चित्रकार, गायक, साहित्यकार, वातावरणविद् आदिको रूपमा हाम्रो जीवन रमणीय र सुन्दर बनाउन सक्छन् अतः उनीहरूमा भाषिक र तार्किक वा गणीतिय प्रतिभामा कम भएकै आधारमा उनीहरूलाई कमजोर मान्नु उचित हुँदैन बरु उनीहरूको प्रतिभा विकासमा त्यतिकै ध्यान दिन र हौसला प्रदान गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x