साताको दोस्रो कारोबारी दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि


ज्ञानमाण्डू। साताको दोस्रो कारोबारी दिन, आज शुन्य दशमलव ४६ प्रतिशतले घटेको धितोपत्र बजार शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ३५ अंकले घटेर २६५२ दशमलव ७५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ६९ अंकले घटेर ४७५ दशमलव १२ को विन्दुमा पुगेको छ । 


आज सोमबार स़ाताको दोस्रो कारोबारी दिन, कूल २१६ कम्पनीका १ करोड ५९ लाख ८ हजार ४८९ कित्ता शेयर रु ७ अर्ब ५२ करोड ९२ लाख ८३ हजार ८६ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ७८ अर्ब ५६ करोड २० लाख ९० हजार बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र दुई उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ९ दशमलव ७८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १५ दशमलव ०८ अङ्कले, होटल तथा पर्यटन उपसमूह १२ दशमलव ४२ अङ्कले, विकास बैंक उपसमूह ३३ दशमलव ६८ अङ्कले, जलविद्युत उपसमूह ३२ दशमलव ०९ अङ्कले, वित्त उपसमूह ९ दशमलव ०९ अङ्कले, निर्जीवन बीमा उपसमूह ८० दशमलव ९७ अङ्कले, उत्पादन उपसमूह ६४ दशमलव ०८ अङ्कले, अन्य उपसमूह ३२ दशमलव ७२ अङ्कले, जीवन बीमा उपसमूह ९० दशमलव ९५ अङ्कले र सामूहिक लागनी कोष उपसमूह शुन्य अङ्कले घटेको छ। यता, लघुवित्त उपसमूह ६९ दशमलव ०३ अङ्कले बढ्दा लगानी उपसमूह शुन्य दशमलव ४९ अङ्कले बढेको छ।


कारोबारको आधारमा आज अपी पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज अपी पावर कम्पनी लिमिटेडको ३९ करोड ३५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज २ दशमलव २२ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको २९ करोड ७४ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव ३२ प्रतिशतले घटेको छ ।

आज ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको २८ करोड ५२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभेल प्मेन्ट कम्पनी लिमिटेडको २७ करोड १५ लाख रुपैयाँ माथिको र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३ करोड १६ लाख माथिको शेयर कारोबार भएको छ।


आज नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले समान ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। यता ङादी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन्।


आज हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् । यता, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ३४ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ३ दशमलव २९ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले ३ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x