सिकाइका तरिकाहरू (Learning Styles)

 -उत्सव ढकाल
ज्ञानमाण्डू। मानिसहरूको मस्तिष्क आमाको गर्भमा रहँदा तेह्रौं देखि एक्काइसौँ हप्तामा विकास हुन्छ । मस्तिष्क मानव शरीरको त्यस्तो भाग हो जसले मानिसको आनिबानी देखि लिएर उसले गर्ने हरेक कृयाकलापहरुलाई निर्देशित र नियन्त्रित गर्दछ । मानव मस्तिष्क Prefrontal Lobe ,Frontal Lobe, Parietal Lob ,Temporal Lobe र Occipital Lobe गरी ५ वटा लोब्स (Lobes) मा विभाजन भएको हुन्छ । Prefrontal Lobe र Frontal Lobe लाई मस्तिष्कको Output System मानिन्छ भने Parietal Lob ,Temporal Lobe र Occipital Lobe लाई Input System मानिन्छ । यस लेखमा Parietal Lobe, Temporal Lobe र Occipital Lobe सँग सम्बन्धित सिकाइका तरिकाहरू (Learning Styles) को बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।

Parietal Lobe ले मानव शरीरको हलचल र क्रियाकलापको लागि काम गर्दछ भने Temporal Lobe ले सुनाइ र बोलाई अर्थात ध्वनि सम्बन्धी काम गर्दछ । त्यस्तै Occipital Lobe अवलोकन, कल्पना र रंगहरुको संयोजन सम्बन्धमा क्रियाशील हुन्छ । मानव मस्तिष्कका यी ३ वटा Lobes को विकास मस्तिष्क विकास हुने बेलामा नै हुन्छ । यिनै Lobes हरूको विशेषताको आधारमा सिकाइका तरिकाहरूलाई Visual Learner, Auditory Learner र Kinesthetic Learner गरी ३ वर्गमा छुट्टाउन सकिन्छ । सिकाइका प्रत्येक वर्गको देहाय बमोजिम संक्षिप्तमा वर्णन गरिएको छ ।


Visual Learner ( हेरेर/देखेर सिक्ने वर्ग)
जुन व्यक्तिले Visual Learning Style बाट सिक्न मनपराउछ उसलाई Visual Learner भनिन्छ । सिकाइको यो वर्गमा पर्ने व्यक्तिहरू चित्र,नक्सा,ग्राफ,रेखा चित्र, भिडियो आदिबाट छिट्टै र प्रभावकारी तरिकाले पढ्न र सिक्न सक्छन् । प्राय यस वर्गमा पर्ने व्यक्तिहरूको अक्षर राम्रो हुन्छ । उनीहरू नोट तैयार गरेर पढ्न मनपराउछन् । उनीहरूको काल्पनिक क्षमता राम्रो हुन्छ । उनीहरूलाई चित्र र रङ्गीबिरङ्गी कुराहरू धेरै मन पर्दछ त्यसैले उनीहरू पढ्दा हाइलाइटर (Highlighter) को प्रयोग गर्दछन् । उनीहरूले जुनसुकै काम पनि आकर्षित ढङ्गले प्रस्तुत गर्दछन् । कक्षामा शिक्षकले पढाइरहेको बेला उनीहरूको ध्यान शिक्षकले बोलेको कुरामा भन्दा पनि सो कुरालाई आफ्नै ढङ्गले कल्पना गर्न तर्फ केन्द्रित हुन्छ ।

Auditory Learner (सुनेर सिक्ने वर्ग)
जुन व्यक्तिले Auditory Learning Style बाट सिक्न मनपराउछ उसलाई Auditory Learner भनिन्छ । सिकाइको यो वर्गमा पर्ने व्यक्तिहरू सुनेर र बोलेर छिट्टै र प्रभावकारी तरिकाले पढ्न र सिक्न सक्छन् । यस वर्गका व्यक्तिहरूलाई बोल्न र सुन्न मन पर्छ । उनीहरू लेख्न र नोट तैयार पार्न भन्दा बढी बोलेर आवाज निकाली पढ्न रुचाउँछन् । उनीहरूको ध्यान सानो भन्दा सानो हल्लाले पनि विचलन गराउँदछ । यस्ता वर्गका व्यक्तिहरूले सङ्गीत सुन्दै काम गर्न रुचाउँछन् । यस्ता व्यक्तिहरूले कक्षामा शिक्षकले भनेका कुराहरू लामो समय सम्म सम्झिन्छन् । यस वर्गका व्यक्तिहरूले अडियोको माध्यमबाट प्रभावकारी ढङ्गले सिक्न सक्छन् ।

Kinesthetic Learner (अभ्यासबाट सिक्ने वर्ग)
जुन व्यक्तिले Kinesthetic Learning Style बाट सिक्न मनपराउछ उसलाई Kinesthetic Learner भनिन्छ । सिकाइको यो वर्गमा पर्ने व्यक्तिहरू सुनेर, बोलेर, हेरेर भन्दा अनुभवको आधारमा अथवा शारीरिक क्रियाकलापको आधारमा पढ्न र सिक्न मनपराउछन् । उनीहरूले पढेको वा देखे सुनेको कुरा भन्दा आफैले गरेको कुरा लामो समय सम्म सम्झिन्छन् । यस्ता व्यक्तिहरू धेरैजसो चली रहन्छन् , उनीहरूले पढ्दा यताउता हिँड्ने, हात खुट्टा वा चिजबस्तुहरु खेलाउने गर्दछन् । उनीहरू बोलेर, हेरेर भन्दा अभ्यास गरेर पढ्न खोज्दछन् । उनीहरू सधैँ अतिरिक्त क्रियाकलापमा अगाडि हुन्छन् । यस वर्गमा पर्ने व्यक्तिहरूले शारीरिक हलचल मन पराउने हुँदा एकै बसाइमा लामो समयसम्म नपढी बिच बिचमा ब्रेक लिएर पढेमा पढाइ प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x