धितोपत्र बजारमा १.७५% को गिरावट, नेप्से २३७६.७४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २३७६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ८८ अंकले घटेर ४५३ दशमलव ५३ को विन्दुमा पुगेको छ ।

आज कूल २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सामूहिक लागनी कोष शुन्य दशमलव ०८ अङ्कले बढेकाे छ । यता, बैंकिङ उपसमूह ५ दशमलव ६८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६४ दशमलव ६१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४६.२१ अङ्कले, विकास बैंक उपसमूह १५७.५ अङ्कले, जलविद्युत ८२.४१ अङ्कले, वित्त उपसमूह ५६.२३ अङ्कले, निर्जीवन बीमा २६४.६१ अङ्कले, उत्पादन उपसमूह ८५.३६ अङ्कले, अन्य उपसमूह ३९.६३ अङ्कले, लघुवित्त उपसमूह ८१.०६ अङ्कले, जीवन बीमा २६३.२१ अङ्कले र लगानी उपसमूह १ दशमलव ५३ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x