एन आई सी एशिया लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को मिति २०७७/०६/२२ गते बसेको संचालक समितिको ८४ औं बैठकबाट श्री विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको छ । संचालक श्री विभोर कुमार अग्रवालले २०७७/०७/०४ गते कम्पनीका अध्यक्ष श्री कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गर्नुभयो । नयाँ संचालक श्री विभोर कुमार अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले जनाएको छ  ।

http://

त्यसैगरि मिति २०७७/०७/०४ बाट श्री लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा  नियुक्त गरेको  छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत रहनु भएको छ । १६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गनुभएका चालिसे मिति २०६५/१२/०३ मा एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गरी आउनु भएको छ । श्री लक्ष्मण चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ । श्री लक्ष्मण चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले जनाएको छ  ।

NIC ASIA Laghibitta Bittiya Sanstha Ltd

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x