प्रभु बैंककाे बरादिमा २१६ औं शाखा कार्यालय सञ्चालनमा



ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेडले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७९/०४/०४ देखि तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा आफनो २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले विहान १०ः०० बजे गर्नु भएको
बैंकले जनाएकाे छ । 


बैंकको बरादिमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी शान्ति शेरचनले प्रभु बैंकले आफनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलियको हो । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै उक्त शाखालाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकिङ्ग सेवा प्राप्त गर्नु हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरादि शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x