सर्वाधिक न्याभ (NAV) भएको ग्लोबल आइएमई समुन्नत योजना-१ को कहाँ कहाँ छ लगानी ?

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेड प्रवर्द्धक रहेको तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना-१ (GIMES1) ले आर्थिक वर्ष २०७७/७८ को अन्तिम तथा असार मसान्तको मासिक विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा अर्थात् असार मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमई समुन्नत योजना-१ को प्रति इकाई खुद सम्पत्ति २२ रुपैंया ६३ पैसा रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७७/७८ को जेष्ठ अन्तिममा प्रकाशित विवरण अनुसार कोषको प्रति इकाई खुद सम्पत्ति २३ रुपैंया ७७ पैसा रहेको थियो।

कोषले सार्वजनिक गरेको असार मसान्तको मासिक विवरण अनुसार ग्लोबल आइएमई समुन्नत योजना-१ ले धितोपत्रहरुमा कुल १ अर्ब ७९ करोड ६५ लाख ५३ हजार ५१२ रुपैंया लगानी गरेको छ। जस मध्य कोषले १ अर्ब ६८ करोड २१ लाख ८ हजार ४७९ रुपैंया शेयरमा लगानी गरेको छ भने ८ करोड ४३ लाख ३९ हजार ६७७ रुपैंया ऋणपत्रहरुमा लगानी गरेको छ। सुचिकृत नभएका  धितोपत्रहरुमा कोषको ३ करोड १ लाख ५ हजार ३५६ रुपैंया लगानी रहेको छ। सोहि आर्थिक वर्षको गत महिना कोषले विभिन्न धितोपत्रहरुमा २ अर्ब २० करोड ९५ लाख ८१ हजार ७३४ रुपैंया लगानी गरेको थियो। 

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमई समुन्नत योजना-१ को खुद सम्पत्ति २ अर्ब २६ करोड ३० लाख ९९ हजार ८६४ रुपैंया रहेको छ।  गत महिना अर्थात् आर्थिक वर्ष २०७७/७८ को जेष्ठ अन्तिममा प्रकाशित विवरण अनुसार कोषको खुद सम्पत्ति २ अर्ब ३७ करोड ७३ लाख ४४ हजार ६७  रुपैंया रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x