एनएमबि फिफ्टीकाे न्याभमा सामान्य गिरावट, नाेक्सान कति ?


ज्ञानमाण्डू। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

एनएमबि फिफ्टीकाे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.१२ ले घटेर १४ रुपैयाँ ६९ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने एनएमबि फिफ्टीकाे न्याभ १४ रुपैयाँ ८१ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने १०.७ प्रतिशतले बढेर १५ करोड ९८ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान १४ करोड ४४ लाख रुपैयाँ पुगेको थियो।

बैशाख मसान्तसम्म आइपुग्दा एनएमबि फिफ्टीकाे जम्मा आम्दानी १२ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ११ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान १०.६ प्रतिशतले बढेको देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म ३ करोड १० लाख रुपैयाँ खर्च गरेको छ।

एनएमबि फिफ्टीले बैशाख मसान्तसम्म १ अर्ब १६ करोड ९० लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी एनएमबि फिफ्टीले १८ करोड ७५ लाख रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा १६ करोड २ लाख रुपैयाँ लगानी गरेको छ।

एनएमबि फिफ्टीकाे बैकं मौज्दातमा भने २७ करोड ९९ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x